प्रा.डाक्टर कृष्ण प्रसाद पौडेलको लय छुटेको समय सार्वजनिक

 चितवन। प्राध्यापक डाक्टर कृष्ण प्रसाद पौडेलको निबन्ध लय छुटेको समय सार्वजनिक भएको छ। सम्पूर्ण पुस्तकका लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डाक्टर शेखर कोइराला थिए।
 
 
 
उनले आफ्नो विद्यार्थीले सिर्जनात्मक कार्यमा संलग्न रहेकोमा खुसी प्रकट गर्दै अझै लेखन कार्यमा लाग्न अभिप्रेरित गरे।
 
 
 
 
कार्यक्रममा भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले यस पुस्तकमा बिरामी र चिकित्सकका विविध विषयवस्तु अन्तर्निहित रहेको बताउँदै आफुलाई समेत लेखन कार्यमा लाग्न रुचि जागृत भएको बताए।
 
 
 
त्यस्तै कवि गोविन्दराज विनोदीले समेत डाक्टर कृष्णले समय मिलाएर लेखेको पुस्तक यो समयको राम्रो चित्रण गरिएको बताउँदै मुक्त कण्ठले प्रशंसा गरे।
 
 
 
 
समालोचक डाक्टर एक नारायण पौडेलले यो गुरुपूर्णिमाको सेरोफेरोमा प्रकाशित पुस्तक कलात्मक, लयबद्ध र व्यवस्थित रहेको बताउँदै निबन्धमा पहिलो खण्ड बिरामीसँगको संस्मरण र दोस्रो खण्डमा बिरामी र चिकित्सकका बिचको सामाजिक मनोविज्ञान समेटिएकोले मेडिकल सोसियोलोजीको राम्रो प्रदर्शन लेखकले गरेका प्रष्ट पारे।
 
 
डाक्टर कृष्ण प्रसाद पौडेलका सहपाठी नेपाली कांग्रेसका सभापति राजेश्वर खनालले विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा उनीसँगका सम्झना पस्कदै आगामी लेखन यात्रा अझै समृद्ध बनाउन शुभकामना व्यक्त गरे।
 
 
 
 
कार्यक्रममा सांग्रिला बुक्सका प्रतिनिधि कार्यक्रमका अध्यक्ष लेखराम सापकोटाले सबै चिकित्सकलाई आफ्नो अनुभव पुस्तकका रूपमा ल्याउन आग्रह गरेका थिए। पुस्तकको बजार मूल्य ४९५ रहेको छ।