बाजुराको जनप्रकाश माविले स्थापना कालदेखि अहिलेसम्म हाँसिल गरेका शैक्षिक उपलब्धि

काठमाडौं । यस विद्यालयको जन्म २००८ सालमा भएको थियो । एकजना बझाङ्गी राजाको सहयोगमा सुरु भएको यो विद्यालयको इतिहास लामो छ । त्यसपछिको अथक प्रयासपछि यो विद्यालयले विक्रम सम्वत् २०१६ सालमा सरकारी मान्यता पायो । त्यतिबेला त्यहाँका स्थानीयले आफूले अन्नको जोहो गरेर शिक्षकहरुको आर्थिक अवस्था सहज बनाइरहेका थिए ।

 

स्थापनाकालदेखि यहाँसम्म आइपुग्दा बझाङ जिल्लाको शैक्षिक सुधारमा उल्लेख्य योगदान गर्न नसकेपनि विद्यालयबाट जतिपनि जनशक्ति उत्पादन भइरहेका छन् ती सबै गर्व गर्न लायक छन् । विद्यालयले हाँसिल गरेका शैक्षिक नतिजाहरु हेर्ने हो भने सन्तोषजनक नै देखिन्छ ।

 

विद्यालयले पहिलोपटक सेती कर्णालीका विविध जानकारीमूलक शैक्षिक स्मारिका २०७८ सार्वजनिक गरेको छ । यो स्मारिका विद्यालयको अवस्था, विद्यार्थीहरुको शैक्षिक अवस्था र महत्वपूर्ण लेखहरु समेटिएको छ । यो स्मारिकालाई सबै विद्यार्थीहरुले अध्ययन गरिदिनुहुन म अनुरोध गर्न चाहन्छु ।

विद्यालयले अहिलेसम्म शैक्षिक क्षेत्रमा सोचुअनुरुप परिणाम ल्याउँदै आएको छ । कुनैबेला यो विद्यालय सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी विद्यार्थी पास गराउन सफल भएको थियो । यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये अहिलेसम्म ३ जनाले पिएचडी हाँसिल गर्नुभएको छ ।

 

अहिलेसम्म एसएलसीमा हामीले ४४ वटा ब्याजहरु पार गरेका छौं । २०७८ सालसम्म यो ब्याजमा विद्यालयबाट २ हजार ४ सय ७० जना एसएलसीमा समावेश भएका छन् । एसएलसीमा नियमित उत्तिर्ण हुने विद्यार्थीहरुको संख्या निकै सन्तोषजनक नै छ ।

 

अहिलेसम्म विद्यालयको अवस्था कस्तो भयो भन्ने कुराको सम्पूर्ण जानकारी विद्यालयको ऐतिहासिक दस्तावेज शैक्षिक स्मारिकामा समावेश गरिएको छ ।

यसलाई अध्ययन गर्न म आग्रह गर्न चाहन्छु । हाम्रो विद्यालयले उत्पादन गरेको जनशक्तिले देशका महत्वपूर्ण स्थानहरुमा प्रभाव जमाइरहेका छन् । यस्ता कुराले हामीलाई गर्व लाग्ने गर्दछ । धेरै गुणस्तर त हामीले दिन सकेनौं होला तर जति दिन सक्यौं त्यो हाम्रा लागि सन्तोषजनक नै छ ।

 

म स्वयम् नै सो विद्यालयले उत्पादन गरेको जनशक्ति हो । र म अहिले सोही विद्यालयको प्रधानाध्यापकमा आसीन भएको छु । विद्यालयलाई यहाँसम्म ल्याउन हरतरहबाट सरसहयोग गर्ने सबैप्रति विद्यालय परिवार आभार प्रकट गर्दछ ।