चितवनका जनसाँस्कृतिक कर्मीहरुको प्रतिरोधी सडक कविता वाचन सम्पन्न
![](https://www.hamroonline.com/wp-content/uploads/2022/07/22-1-e1659183514589.jpg)
जब जब देश डुब्छ जुर्मुराउछन् स्रष्टाहरू भन्ने विश्लेषण सहित एमसीसी, एसपीपी लगायत नागरिकता विधेयक विरुद्धका कविता गितहरु गाएर जनसमुदायमा सांगितिक प्रस्तुति रहेको थियो।
जनसाँस्कृतिक महासंघको जिल्ला सदस्य – प्रकाशबाबु खनाल जनसाँस्कृतिक महासंघको जिल्ला अध्यक्ष – रविकिरण निर्जीव जनसाँस्कृतिक महासंघको केन्द्रीय सचिव – मोदनाथ मरहठ्ठा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य घननाथ सापकोटा विकास, मकवानपुर जिल्ला ईन्चार्ज अशोक शर्मा , क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेम प्रसाद कडेल , जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य विपिन शर्मा निरौला लगायत प्रगतिशील लेखक कविहरूको उपस्थिति रहेको थियो।
![](https://www.hamroonline.com/wp-content/uploads/2022/07/11-e1659183546337.jpg)
कार्यक्रममा इश्वरी ओझा, श्यामसुन्दर पन्त, मिसम अधिकारी, वासुदेव वाग्ले, भिमराज पौडेल, अशोक शर्मा, बाबुराम प्यासी, विपिन शर्मा, प्रेम प्रसाद कडेल, रविकिरण निर्जीव लगायतका स्रष्टाहरूले आफ्ना रचनाहरु वाचन गरेका थिए।
समग्र कार्यक्रमको समिक्षा अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सचिव मोदनाथ मरहठ्ठाले गरेका थिए।