आज दिउँसो यी दुई प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना,सतर्क रहन अनुरोध

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

 

हाल मौसमको अवस्था देशभर सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

त्यस्तै आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

यस्तो छ आगामी २४ घण्टामा महाशाखाले जारी गरेको चेतावनी तथा परामर्श

 

 

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

 

 

 

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।