हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

 

 

 

वडा नम्बर १ थलान्नादेखि कल्खेसम्म र वडा नम्बर ४ को लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा ठेकेदारले फिल्डमा गरेको वास्तविक काम भन्दा नापी किताबमा बढी काम देखाई,झुट्टा बिल बनाएर भुक्तानी गरेको भन्दै निमित्त कार्यकारी अधिकृत प्याकुरेलसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

 

 

 

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्याकुरेलसँगै इन्जिनियर मकरध्वज शाही, असिस्टेन्ट सब-इन्जिनियर विनोद थापा र ठेकेदर गणेश भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

 

 

 

उनीहरुले झुटा बिल बनाएर २१ लाख ४७ हजार ४९२ रुपैयाँ ७३ पैसा बढी भुक्तानी गरेको अख्तियारको दावी छ ।

 

 

 

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन अनुसार ३ महिनादेखि ३ वर्षसम्म कैद गर्न र विगो बराबरको जरिवाना असुल गर्न अख्तियारले माग गरेको छ ।

 

 

 

त्यस्तै निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलका अनुसार वडा नं. १ र वडा नं. ४ काे काम पुरा भएकाे दाबि गरेका छन्।  उनले भने  दुबै सडक निर्माणमा  ४०/४० लाख छुट्याइएकाे हाे, ठेकेदारले सबै काम निर्माण गरि सकेकाे छ।

 

 

 

 

अहिले खालि कुरा गरेर आफुहरूलाइ फसाउन खाेजिएकाे उनकाे दाबि छ। ठेकेदारले फिल्डमा गरेको वास्तविक काम भन्दा नापी किताबमा बढी काम देखाई झुट्टा बिल बनाएर भुक्तानी गरेको उनिहरूलाइ आराेप लागेकाे छ। प्याकुरेलसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएकाे छ।