कांग्रेसले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।

 

 

 

नेपाली कांग्रेसले यही साउनको ३० र ३१ गते काठमाडौंमै प्रशिक्षण कार्यक्रम आयोजना गरिने जनाएको छ ।

 

 

बालुवाटारमा सोमबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले प्रशिक्षणको मिति तय गरेको हो ।

 

 

 

प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी गराउने जनाइएको छ।

 

 

यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई काठमाडौं बोलाएर प्रशिक्षण दिइसकेका छन्।