खेलाडीलाई पेन्सन दिनु पर्ने संसदको माग

काठमाडौं । राष्ट्रिय सभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन् ।

 

 

सोमबार राष्ट्रिय सभा बैठकमा सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरुलाई शिक्षक, कर्मचारीहरुलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन्।

 

 

 

उनले सबै उमेर समूहका नागरिकका लागि खेल खेल्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

 

 

 

खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि समेत हुने तथा नागरिकहरु पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताइन् ।

 

 

 

उनले भनिन्, ‘हामीसँग युवा तथा खेलकुद मन्त्रालय छ । राष्ट्रिय खेलकुद परिषद छ । नीति, कार्यक्रमहरु पनि बनेका छन ।

 

 

 

यही आर्थिक वर्षको बजेटले खेलकुद विकासको २० वर्षे गुरुयोजना तयार पारी कार्यान्वयन गर्ने कुरा पनि गरेको छ ।

 

 

 

एक स्थानीय तहमा एक खेल ग्रामको कुरा पनि आउन थालेको छ । तथापि युवा तथा खेलकुद मन्त्रालयको २ अर्व ४६ करोडको बजेट अत्यन्तै थोरै हो भन्ने मलाई लाग्छ ।’

 

 

 

सांसद गुरुङले युवाहरुलाई सही बाटोमा ल्याउन पनि खेलकुद क्षेत्रमा उनीहरुको सहभागिता गराउन सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याइन् ।

 

 

 

‘विज्ञान र प्रविधिले आश्चर्यजनक ढंगले विकास गरिरहेको छ । कम्प्युटर, इन्टरनेट तथा मोबाइलको प्रयोग बढिरहेको छ । यी साधनहरुसँग युवा अत्यन्तै नजिकका साथी बनिरहेका छन् ।