एन्फाले अलमुताइरीको लिस्ट खारेज गर्दै, हुमागाईँले प्रशिक्षणमा बोलाए यी ४० खेलाडी

फाइल तस्वीर

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले प्रमुख प्रशिक्षक अब्दुलाह अलमुताइरीले राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाएका खेलाडीको सूची खारेज गरेको छ ।

 

 

असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि यसअघि अल्मुताइरीले २६ जना खेलाडीको सूची एन्फामा दिएका थिए ।

 

 

 एन्फाले कार्यवाहक प्रमुख प्रशिक्षक प्रदिप हुमागाईंको सिफारिसमा ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

 

 

हुमागाईंले बोलाएकामा यसअघि अलमुताइरीसँगको विवादका कारण टिमबाट बाहिरिएका १० मध्येका ९ जना खेलाडी छन्।

 

 

 

प्रशिक्षकसँगको विवादपछि किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठ टिमबाट बाहिरिएका थिए । जसमध्ये सुमन लामा विदेश गइसकेका छन् ।

 

 

यसअघि अलमुताइरीले माग गरेको सूचीमा खेलाडी–प्रशिक्षक विवादमा मुछिएका अञ्जन विष्ट र तेज तामाङको मात्र नाम समावेश छ ।

 

अलमुताइरी बिरामी बिदामा रहेको भन्दै एन्फाले हुमागाईँलाई कार्यवाहक प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।

 

टोलीमा बोलाइएका खेलाडी:

 

गोलरक्षक :किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

 

 

डिफेन्डर :अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का, अमित तामाङ,

 

 

मिडफिल्डर: सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदिप गुरुङ, सुरज ज्यु ठकुरी, सुवास गुरुङ, आवास लामीछाने, सुनिल बल, आयुष घलान्, सुजल श्रेष्ठ, अञ्जन विष्ट,

 

 

 

फरवार्ड: विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आषिश चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल र भरत खवास रहेका छन् ।