देशभर थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि,एक जनाको मृत्‍यु

काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु छ ।

 

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको परीक्षणमा ८४८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पीसीआर परीक्षण गर्दा ३३९ जना र २ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४४९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

 

 

 

 

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमणमुक्त भएका छन् ।

 

 

 

मन्त्रालयका अनुसार ५ हजार ६२ जना होम आइसोलेसनमा रहेका छन् भने १९७ जना संस्थागत आइसोलेसन र ६८ जना आईसीयूमा छन् ।

 

 

 

यस्तै ४ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४१ हजार ६८० पुगेको छ ।