गणतन्त्र र राजतन्त्रको विवाद गर्नु आवश्यक छैन : कमल थापा

कठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नभएको बताएका छन्।

 

 

विवादमा अल्झिनुभन्दा सबै सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता भएको उनले बताए।

 

 

 

उनले ट्वीटरमा लेखेका छन्, ‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गरौँ।

 

 

 

गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन। गणतन्त्रवादी र राजावादी सबै मिलेर देश बचाउनु र बनाउनु अहिलेको आवश्यकता हो।

 

 

 

धर्म परिवर्तनको डढेलोबाट सनातन धर्म संस्कृति र परम्पराको रक्षा गर्नुपर्ने उनको भनाइ छ।