कति बेर मोबाइल चलाउनुहुन्छ ?

पि.एम. महतारा

कावासोती, नवलपुर

केहि समय पहिले सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्वीर निकै भाइरल भयो। तस्वीरको वर्णन नगरिएको भएतापनि तस्वीर भने आफै बोल्थ्यो ।

सायद दशैंको बेला शहरबाट गाउँ आएका परिवारका सदस्यहरु आ-आफ्नै ध्याउन्नमा मोवाइल मै लिप्त थिए।

 

ठ्याक्कै त्यहि अवस्था तपाईको घरमा पनि पक्कै छ ….अनि मेरोमा पनि। अझै भनौ हामी स्वयं त्यहि परिस्थितिका पात्रहरु हौ । भेटेरै सुख दुःख, सन्चो बिसन्चो सोध्ने चलन हराइसकेको छ ।

         

 

तपाईंलाई कसैले कतिबेर मोवाइल चलाउनुहुन्छ भनेर सोध्यो भने कति भन्नुहुन्छ ?.. २/३ घण्टा ? अह! …यदि तपाईंसँग कम्तिमा एन्ड्रोइड मोबाइल छ जस्मा फेसबुक, टिकटक, म्यासेन्जर, यु ट्युब छ भने दैनिक औसतमा ८ देखि १० घण्टा मोवाईल पक्कै चलाउनुहुन्छ ।

 

 

हामी स्वयं आफैलाई थाहा हुदैन कति बेर मोवाईल चलायौ भनेर। मानौ मध्यरातमा केही गरी आँखा खुल्यो…बिउँझियो …सुरुमै पक्कै मोवाईल खोजिन्छ…..अनि अटोमेटिक हात फेसबुक, ईन्स्टाग्राम, टिकटक तिर गइहाल्छ…करिब ३० मिनेट मोवाइलको स्क्रिन घिसारेको पत्तै हुन्न होइन त ? यसैलाई सजिलो भषामा मोबाइल एडिक्सन भनिन्छ ।

 

 

 

वैज्ञानिकहरूको भाषामा यो समस्यालाई डिजिटल हिरोइन पनि भनिन्छ । जसरी हिरोइनले मस्तिष्क लठ्ठ बनाइरहेको हुन्छ …..यस्ले पनि त्यस्तै काम गरेको हुन्छ ।

 

 

     सदुपयोग गर्न सकेमा बहुउपयोगी रहेको मोबाइल फोन हालका दिनमा बच्चा देखि बृद्ध सबैको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।

 

अझै भनौ न तपाइहरुले आफ्ना नानीबावुहरुलाई मोवाईलमा गित, कार्टुन, एनिमेसन देखाएरै खाना खुवाउनु हुन्छ होईन? केटाकेटी मोवाइल पाए शान्त हुन्छन् नपाए झर्किने, गाली गर्ने, नपढ्ने गर्छन यो सबै लक्षण मोबाइल एडिक्सनको हो ।

 

 

 

अल्लि बुझ्ने उमेर समुहका केटाकेटी मोबाइलमा फ्रि फाएर, पब्जी लगाएतका गेम खेल्न पाएमा रातभर बस्न पनि तयार हुन्छन् जस्का कारण अनिद्रा, छिटो रिसाउने, झर्किने, मोटोपन बढ्नुका साथै असामाजिक बन्दै गइरहेको पाइएको छ ।

साथै मोवाइलबाट निस्कने रेडियो तरंगका कारण कान कम सुन्नुका साथै आँखामा समेत समस्या आउन सक्दछ ।

 

 

    पछिल्लो समय सामाजिक सञ्जालमा एउटा रोचक न्यूज आयो । मोबाइल फोनका आविस्कारक मार्टिन कुपरले दिनमा जम्मा ५% समय मोबाइल चलाउँदा रहेछन् ।

 

 

दिनको ५% को दरले जम्मा १ घण्टा २० मिनेट मात्र हुदो रहेछ । उनले उक्क समाचारमै आग्रह गरेका थिए अनावश्यक रूपमा मोवाइल नचलाउनु होला ..तर हामी मान्नेवाला छौ त? …ज्यान जाला मान्दैनौ ।

 

 

     म आफैंलाई मेरा नजिकका साथीहरुले के कति समय मोबाइल चलाउँछन् सर्वे गर्न मन लाग्यो । जस्का लागि एन्ड्रोइड मोबाइल फोनको सेटिङमा गएर Digital wellbeing and parental controls भन्ने विकल्पमा क्लिक गरेपछि त्यसमा पाई चार्ट जस्तो आउछ त्यसमा हामीले पछिल्लो २४ घण्टामा कुन एप कति समय चलायौं, जम्मा मोवाइल कति समय चलायौं, कति पटक मोबाइल अनलक गर्यौ लगाएतका सबै कुरा आउछन् ।

 

 

 

मैले सबैलाई आ आफ्नो स्क्रिन सट पठाउन लगाए । करिब ३० जनाको सर्वेक्षणमा औषतमा ९ घण्टा मोवाईल चलाउदा रहेछन् । जस्मा फेसबुक र म्यासेन्जर मात्र करिब ५ घण्टा चलाउने गरेको देखियो ।

 

 

 

    मोबाइल एडिक्टसन कसरी हटाउने भन्ने बिषयमा जस्तो सुकै भिडियो हेरेतापनि… अर्को भिडियो हेर्नका लागि हाम्रो च्यानल सस्क्राइब गर्नुहोला भनिहाल्छन् ।

 

 

यसरी झन मोबाइलमै समय बर्वाद हुने देखिन्छ। त्यसैले सबैभन्दा राम्रो आफैले आफैलाई कन्ट्रोल गर्न सक्नु नै फलदायी मान्न सकिन्छ ।

 

दैनिक ३० मिनेटका दरले मोबाइल चलाउन घटाउदै जाने हो भने १५ दिनमा राम्रो नतिजा आउन सक्ने देखिन्छ ।

 

 

यसका लागि तपाईको एन्ड्रोइड फोनको सेटिङमा Digital wellbeing and parental controls भन्ने विकल्पमा गई साप्ताहिक ग्राफ हेर्न सकिन्छ ।

 

 

 

  चौबिसै घण्टा मोवाईलमा झुण्डिएर बस्नु भन्दा जीवनको महत्वपूर्ण समयलाई अध्ययन, तालिम, खेलकुद, व्यायाम तर्फ लगाउन सकेमा धेरै उपलब्धि हासिल गर्न सकिन्थ्यो ।

 

 

त्यसैले आजैबाट अनावश्यक रुपमा  मोवाईल चलाउनुको सट्टा कुनै उपलब्धि मूलक काममा समय खर्चने  कि?