राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आजदेखि सुरु हुँदै,यी ४० खेलाडी सहभागी हुँदै

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण आज (बिहीबार) शुरु हुँदै छ।

 

 

  कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले ४० खेलाडीलाई प्रारम्भिक चरणमा बोलाएका हुन्।

 

 

प्रारम्भिक चरणको प्रशिक्षणमा कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ती मगर, अञ्जन विष्ट, अनन्त तामाङलगायत अनुभवी खेलाडीलाई बोलाइएको छ।

 

 

 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत १३ वैशाखमा प्रशिक्षण छाडेका १० खेलाडीमध्ये सुमन लामा टिममा अटाएनन्।

 

 

 

नेपालले असोजको दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। मैत्रीपूर्ण खेल ११ असोजमा दशरथ रंगशालामा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

टोलीमा बोलाइएका खेलाडी:

 

गोलरक्षक :किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

 

 

डिफेन्डर :अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का, अमित तामाङ,

 

 

मिडफिल्डर: सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदिप गुरुङ, सुरज ज्यु ठकुरी, सुवास गुरुङ, आवास लामीछाने, सुनिल बल, आयुष घलान्, सुजल श्रेष्ठ, अञ्जन विष्ट,

 

 

 

फरवार्ड: विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आषिश चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल र भरत खवास रहेका छन् ।