टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक’ सस्तो कल गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक ल्याएको छ ।

 

 

बुधबारदेखि लागू भएको यस प्याकेजअन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ ।

 

 

इन्डिया भ्वाइस प्याक– डेली अफर अन्तर्गत २४ घण्टा ९एक दिन० मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९ रुपैयाँमा उपलब्ध छ ।

 

 

 

त्यसैगरी विक्ली अफर अन्तर्गत ७ ९एक हप्ता० दिनसम्म ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन ९एक महिना० सम्म २२१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमशः रु। २५९ मा र रु। ७५९ मा उपलब्ध छन् ।

 

 

 

 

एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ ।

 

 

यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट *१४१५# डायल गरी  ७  नम्बर छनौटपश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।