देशभर थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि,४२१ जना संक्रमणमुक्त

काठमाडौैं ।देशभर पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो हो ।

 

 

 

पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ जना रहेको छ ।

 

 

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ६७ जना होम आइसोलेसनमा रहेका छन् भने १९८ जना संस्थागत आइसोलेसन र ५४ जना आईसीयूमा छन् ।

 

 

 

यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ७४ पुगेको छ ।