पल शाह प्रकरण: मुद्दाको पेसी तनहुँमा आज ८ गते र नवलपुरमा भदौ १६ गते तोकियो

काठमाडौं। बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणीविरुद्धको मुद्दाको पेसी तोकिएको छ।

 

 

तनहुँ जिल्ला अदालतले ८ भदौका लागि र नवलपुर जिल्ला अदालतले १६ भदौका लागि पे‍सी तोकेको हो ।

 

 

 

बलात्कारको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका पलको मुद्दाको पेसी तोकिएको शाहको पक्षवाट वकालत गरिरहेका वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले जानकारी दिए।

 

 

 

 

उनका अनुसार पेसी तोकिएसँगै तनहुँ अदालतवाट अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्नेबारे फैसला आउन सक्नेछ।

 

 

 

 

गत ११ फागुनमा नावालिकमाथि पटक(पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो।

 

 

 

त्यसको ४ दिनपछि अभिनेता शाहले १५ फागुनमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा आत्मसमर्पण गरेका थिए। त्यसपछि शाह तनहुँ जिल्ला प्रहरी कार्यालयमा थुनामा छन्।

 

 

 

अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै उच्च अदालत, पोखरामा निवेदन दिए पनि उच्च अदालतले भने उनको निवेदन अस्वीकृत गरिदिएको थियो।

 

 

 

 

दुवै जिल्ला अदालतले पेसी तोकिएसँग उक्त मुद्दामा थुनामा रहेका शाह जेलमुक्त भएर मुद्दा लड्नेछन् वा थुनामा नै रहेर उक्त मुद्दा लड्नेछन् त्यसको छिनोफानो अर्को साता हुनेछ।