फिफाले भारतीय फुटबलमाथि लगाएको निलम्बन हट्यो

काठमाडौं । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)माथिको निलम्बन विश्व फुटबल महासंघ फिफाले दुई साता नबित्दै फिर्ता लिएको छ ।

 

 

शनिबार बिहान फिफा काउन्सिलले भारतीय फुटबलमाथि लागेको सबै निलम्बन फिर्ताको निर्णय गरेको हो ।

 

 

भारतको सर्वोच्च अदालतले कार्यकारी समिति निर्माण गरेपछि तेस्रो पक्षको हस्तक्षेप ठहर गरी फिफाले गत साउन ३१ गते निलम्बन गरेको हो ।

 

 

अदालतबाट स्थापित कमिटीको नियन्त्रणबाट एआइएफएफ स्वतन्त्र भएको हामीले पाएका छौं ।

 

 

फिफा र एएफसीले त्यहाँको आगामी परिस्थितिबारे पनि निगरानी राख्नेछ’ फिफाको वक्तव्यमा भनिएको छ, ‘हामी निर्धारित समयमै निर्वाचन गराउन एआइएफएफलाई सहयोग गर्नेछौं ।

 

 

फिफाले आगामी अक्टोबर ११ देखि ३० सम्म हुने तय भएको फिफा यू-१७ महिला विश्वकप पूर्वनिर्धारित मिति र स्थानमै हुने जनाएको छ ।

 

 

निलम्बन हटेसँगै आसन्न साफ महिला च्याम्पियनसिपमा पनि भारतको सहभागिता निश्चित छ ।

 

 

 

यसपल्ट दक्षिण एसियाका सातै देशको सहभागिता तय भएकोमा भारतीय फुटबलमाथि निलम्वनले संसय बढेको थियो ।

 

 

साफ महिला च्याम्पियनसिप भदौ २१ देखि असोज ३ सम्म काठमाडौँमा हुँदैछ।