पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध निगमको क्रेन्द्रीय कार्यलयमा प्रदर्शन,तत्काल फिर्ता लिन अध्यक्ष गजुरेलको माग

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट दुइ विद्यार्थी संगठनले काठमाडौं टेकुस्थित निगमको क्रेन्द्रीय कार्यलयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका छन्।

 

 

नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेपछि शुक्रबार विरोध प्रदर्शन गरिएको हो।

 

 

निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँको दरले मूल्य बढाएको थियाे। भारतबाट मूल्य घटेर आउँदा नघटाएको निगमले बढेर आएलगत्तै मूल्यवृद्धि गरेपछि यसको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी)  र नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेका हुन्।

 

 

भारतबाट हरेक १५ दिनमा आउने मूल्य सूचीअनुसार नेपालले पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ।

 

 

त्यस्तै अखिल( क्रान्तिकारी) का केन्दीय अध्यक्ष हरिकृष्ण गजुरेलले पट्टक-पट्टक सेर बहादुर देउवा सरकारले मूल्य वृद्धि गरेर जनताकाे ढाड सेक्ने काम गरेकाे आराेप लगाएका थिए।

 

 

 

उनले भने आयल निगमले यसरी गरेको मुल्यवृद्धि लुटाहा फटाहाको गिरोहहरुले चलखेल गरेर बढाएको र त्यसकाे भण्डाफाेर गर्दै देशव्यापी आन्दाेलनमा उत्रिनु पर्ने बताएका छन्।

 

 

उनले भने आगामी मङ्सिर ४ गते हुन गइरहेको संसदीय निर्वाचनको रङ्गमञ्चमा दलाल शासकहरु केन्द्रित छन् । तर, जनता र राष्ट्रप्रति कुनै पनि चासो र चिन्ता देखिँदैन ।

 

 

 

देशमा राष्ट्रघात र जनघातका शृङ्खलाहरु एकपछि अर्को थपिँदै गइरहेका छन्, जसकारण आगामी दिनमा नेपाल गम्भीर सङ्कटको भूमरीमा फस्ने र विदेशीको क्रिडास्थल बन्ने खतरा बढेर गएको गजुरेलले बताए।

 

 

 

 

 

माफिया, भ्रष्ट, तस्कर र दलालहरुको हालीमुहाली छ भने जनता रोग, भोक र अभावले ग्रसित छन् । लाखौं युवा तथा विद्यार्थी विदेशिन बाध्य छन् भने कयौं युवा–विद्यार्थी स्वदेशमै बेरोजगारीले प्रताडित छन् । यो व्यवस्थाले मुलुकलाई थप अस्थिरता र अस्तव्यस्ततातिर धकेल्दै गइरहेको उनले बताएका छन् ।

 

 

 

 जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा पटक–पटक गरिएको मूल्यवृद्धि तुरुन्तै फिर्ता गर्नका लागि हामी नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गरेका  छाैं अध्यक्ष गजुरेल भने।

 

 

 

 

 त्यस्तै विद्यमान बेथिति, भ्रष्टाचार, महँगीको अन्त्यलगायत आगामी मङ्सिर ४ गते गर्ने भनिएको संसदीय चुनावलाई सशक्तरुपमा सक्रिय बहिष्कार गर्नका निम्ति सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, युवालगायत आम जनसमुदायलाई सङ्घर्षमा उत्रिन अध्यक्ष गजुरेलले आग्रह गरेका थिए।