असोज १ देखि सुपथ मूल्यका पसल सञ्चालनमा आउने

काठमाडौँ। चाडपर्वलाई लक्षित गरेर सुपथ पसल आगामी असोज १ गतेदेखि सञ्चालन हुने भएको छ ।

 

 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी)ले संयुक्त रूपमा चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

 

 

 

 

उपत्यकासँगै बाहिरी जिल्लामा पनि सुपथ मूल्य पसल सञ्चालन गरिने बताइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा.नारायणप्रसाद रेग्मीले चाडपर्वमा उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल सञ्चालन गरिएको जानकारी दिनुभयो । सुपथ मूल्य पसलमा उपभोक्ताले छुट पाउने उहाँले जानकारी दिनुभयो ।

 

 

 

चाडपर्वमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिन सहुलियत पसल सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

 

 

 

मन्त्रालयका अनुसार चामल, दाल, आटा, पिठो, मैदा, तेल, चिउरामा प्रतिकेजी सात रुपियाँ छुट दिइएको छ ।

 

 

 

यस्तै चिनी प्रतिकेजीमा पाँच रुपियाँ र नुन प्रतिकेजीमा दुई रुपियाँ छुट दिएको छ । जुम्लाको सिमी, गेडागुडीमा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ । खसीबोका र च्याङ्ग्रामा प्रतिकेजी १० रुपियाँ छुट दिइएको छ ।

 

 

 

 

यस्तै डीडीसीबाट वितरण हुने घिउ प्रतिकेजीमा ५० रुपियाँ, पनिररचिज प्रतिकेजीमा २० रुपियाँ र दही प्रतिकेजीमा १० रुपियाँ छुट दिइएको छ ।

 

 

 

खाद्य कम्पनीले मुलुकभर ४१ वटा आफ्ना बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्यान्न वितरण गर्नेछ । यस्तै कम्पनीले उपत्यकामा सात स्थानबाट सामान वितरण गर्नेछ ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।