शारदा शेर प्रतिष्ठानले वितरण गर्ने छात्रवृत्तिका लागि बागेश्वरी माविका २० विद्यार्थी छनोट

काठमाडौं । जाजरकोटको छेडागाड नगरपालिका ९ मा रहेको बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत २० जना विद्यार्थीहरु छात्रवृत्तिका लागि छनोट भएका छन् । विद्यालयमा अभिभावक, विद्यालयका शिक्षक र विव्यस अध्यक्षको उपस्थितिमा विद्यार्थीहरु छनोट गरिएको हो ।

 

 

जेएसडी फाउन्डेसन र शारदा शेर स्मृति सामाजिक उत्थान प्रतिष्ठान पजारुको संयुक्त आर्थिक सहयोगमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । तोकिएको कोटामा छनोट भएका विद्यार्थीहरुले विद्यालयमा ११ र १२ निशुल्क अध्ययन गर्न पाउने बताइएको छ ।

 

 

सो प्रतिष्ठानले विभिन्न सामाजिक कार्यहरु सञ्चालन गर्दै आएको छ । आर्थिक हिसाबले विपन्न विद्यार्थीहरुका लागि प्रतिष्ठानले गरेको यो कार्यलाई विद्यालयले धन्यवाद दिएको छ ।

 

 

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरु: