जुम्लामा भदौ २७ र २८ गते तेस्रो स्याउ महोत्सव हुँदै

काठमाडौं। जुम्लामा स्याउ महोत्सव हुुने भएको छ। जुम्लाको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको स्याउको बजारीकरणका गर्न यही भदौ २७ र २८ गते तेस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको छ।

 

 

 

महोत्सवले जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सहयोग पुग्ने आयोजक कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले बताए।

 

 

 

महोत्सवले उत्पादनको बजार विस्तारका साथै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ। दुई दिने महोत्सवमा विभिन्न प्रजातिका स्याउका साथै स्याउका परिकार राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

 

 

 

महोत्सवमा जुम्लामा उत्पादन हुने रेड र गोल्डेन डेलिसियस जातका स्याउका पनि परिकार विशेष आकर्षणका रूपमा रहने आयोजकको दाबी छ।

 

 

 

सोही अवसरमा स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि देखाइने भएको छ। जुम्ला हुने स्याउ महोत्सवमा गायक प्रकाश सपुत आउने बताइएको छ।

 

 

यसअघि २०७५ मा पनि पहिलो महोत्सव गरिएको थियो । २०७६मा दोस्रो स्याउ महोत्सव भएको थियो।