चितवन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न

-प्रेम प्रसाद कडेल

चितवन । चितवन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेश्रो बार्षिक साधारणसभा एवं अधिवेशन तथा एकाइ प्रतिनिधि छनौट भेला भरतपुरस्थित रोज गार्डेन पार्टी भेन्यूमा सम्पन्न भएको छ।

लिलाधर आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजसेवी विकास पराजुली रहेका थिए।

उक्त सहकारी संस्थाका अध्यक्ष प्राध्यापक विनोद खण्ड तिमिल्सेनाले सहकारी संस्थाका सहभागीका जिज्ञासाका उत्तर दिदै सहकारीको महत्व र फाइदामाथि प्रकाश पार्दै संस्थाको भविष्य समुज्वल रहेको बताए।

प्रमुख अतिथि पराजुलीले यो सहकारी भविष्यमा नेपालकै उत्कृष्ट सहकारी बन्ने चाहना व्यक्त गर्दै शुभकामना व्यक्त गरे।

कार्यक्रमका सहभागिहरुलाई आभार व्यक्त गर्दै कार्यक्रमका सभापति लिलाधर आचार्यले सबै सबैमा प्रतिबद्ध भएर सहकारी संस्थाको विकास एवं विस्तारमा लाग्न जोड दिदै कार्यक्रमको समापन घोषणा गरेका थिए।