साफ महिला च्याम्पियनसिप: बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित हुँदै नेपाल फेरि उपविजेता

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ ।

दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ ।

साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो ।

बंगलादेशले छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास रचेको छ ।

दशरथ रंगशालामा सोमबार भएको फाईनलमा १५ हजार बढी घरेलु दर्शक अघि नेपाललाई ३-१ ले पराजित गर्दै बंगलादेशले पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको हो ।