क्रान्तिकारी माओवादीका गिरफ्तार नेता कार्यकर्तालाइ तत्काल रिहाइ गर्न का.वा.महासचिव सीपी गजुरेलको माग

फाइल तस्वीर

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी)का कार्यवहाक महासचिव सीपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै गिरफ्तार नेता कार्यकर्तालाइ रिहाइ गर्न माग गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले विद्यमान संसदीय व्यवस्था र संविधानको विरोधका विरुद्ध सङ्घर्ष गर्दै आएको  तथ्य सर्वविदितै छ ।

 

यो संविधानको विरोध गर्दै आज सुर्खेतमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रम सम्पन्न भइसकेपछि तीनवटा भ्यानमा आएका प्रहरीहरुले बल प्रयोग गरी पार्टीका केन्द्रीय सदस्यहरु क. दिपक शाही, क. तेज विक्रम शाही तथा पार्टीका कर्णाली प्रदेश सदस्यहरु क. राजन बुढा, क. ललित सुनार, क. नारायण न्यौपाने र क. विकल्पलाई गिरफ्तार गरी सुर्खेत एस.पी. कार्यालयमा हिरासतमा राखिएको छ।

 

 

शान्तिपूर्ण कार्यक्रममा भएको यस प्रकारको दमनको हामी घोर निन्दा एवम् भत्र्सना गर्दछौं र गिरफ्तार सम्पूर्ण कमरेडहरुको अविलम्ब रिहाइ गर्न माग गर्दछौं।

अन्यथा, दबावमूलक अन्य सङ्घर्षका कार्यक्रम सञ्चालन गर्न हामी बाध्य हुने कुरा पनि सरकारलाई जानकारी गराउन चाहन्छौं।

प्रेस वक्तव्य हेनुर्स-