मुगुको स्याउले बजार नपाउँदा किसान मर्कामा

काठमाडौँ। मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् ।

स्याउ किसान टक्कबहादुर शाही भने,लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो,सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो,अहिले स्याउले बजार नै पाएन,स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उनले भने, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु ।

यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे । रासस