क्रान्तिकारी माओवादीसहितका ५ कम्युनिष्ट पार्टीले आज साझा धारणा सार्वजनिक गर्दै

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)सहितका ५ पार्टीको आयोजनामा आज पत्रकार सम्मेलन हुदैं छ। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार र राष्ट्रघाती नागरिक विधेयक खारेजी माग गर्दै पत्रकार सम्मेलन गर्न लागिएकाे नेता हरिकृष्ण गजुरेलले जानकारी दिए।

उनले भने क्रान्तिकारी माओवादीका कार्यवाहक महासचिव सीपी गजुरेललगायतका नेताहरूकाे उपस्थिति रहने बताए।

 गठबन्धन दलको तर्फबाट संसदमा ल्याइएको नागरिकता विधेयक राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरेकाेले साना  ४ कम्युनिस्ट पार्टीले स्वागत गरेका छन्।

 देशव्यापी रुपमा क्रान्तिकारी माओवादीसहित कम्युनिस्ट पार्टीहरुले निरन्तर रुपमा विरोधमा  गर्दै आएका थिए । राष्ट्रघाती नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

 अन्ततः राष्ट्रपतिले राष्ट्रहितमा अडान लिएपछि साना कम्युनिष्ट पार्टीहरूले  यो कदम स्वागतयोग्य रहेकाे बताएका छन्।राष्ट्रपतिको यो कदमबाट सत्तारुढ पाँच दलीय गठबन्धनको दम्भ तोडिएको समेत दाबी गरेका छन्। 

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सशक्त रुपमा बहिस्कार गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीले अन्य चार पार्टीसँग मिलेर बहिस्कार आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरिरहेको नेता गजुरेलले जानकारी दिए। उहाँले भन्नुभयो,निर्वाचनलाई सशक्त बहिस्कार गर्ने तयारी गरिरहेका छौं।  

बहिस्कार आन्दोलनसँग सहमत हुने पार्टीहरुसँग मिलेर थप सशक्त बनाउने तयारीमा जुटेका छौं । आज (बिहीबार) १ बजे प्रज्ञा भवनमा पत्रकार सम्मेलन गरेर संयुक्त रुपमा विचार र योजना सार्वजनिक गर्ने नेता गजुरेलले जानकारी दिए।  

 
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) केन्द्रीय समन्वय समिति, नेकपा, संयुक्त क्रान्तिकारी मोर्चा, नेपाल लगायतका वाम घटकले निर्वाचनका सम्बन्धमा संयुक्त रुपमा आफ्ना विचार र योजना तथा कार्यक्रम घोषणा गर्ने कार्यक्रम रहेको उनले बताए।