क्रान्तिकारी माओवादीसहितका ४ कम्युनिस्ट पार्टीद्वारा ७ वटै प्रदेशमा निर्वाचन बहिष्कार कार्यक्रम सार्वजनिक,कुन प्रदेशमा कहिले ?

काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी)सहितका संघर्षरत चार कम्युनिस्ट पार्टीहरूले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

देशको राष्ट्रिय स्वाधीनता जनतन्त्र र जनजीविकाका सवालहरुमा संसदीय व्यवस्थालाई खारेज गरी अग्रगामी व्यवस्थाको लागि आसन्न निर्वाचन बहिस्कार गर्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको नेता हरिकृष्ण गजुरेलले जानकारी दिए।

उनले भने सातैवटै प्रदेशमा निर्वाचन बहिष्कार गर्न कार्यक्रम सार्वजनिक गरेको र जिल्लाहरूमा अनुकुलताको आधारमा संघर्षका कार्यक्रम सार्वजनिक गरिने गजुरेलले बताए।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिनधिसभाको चुनाव बहिष्कार गर्न सकेसम्म ७७ वटै जिल्लाका जनताहरूलाइ सचेत बनाउदै निर्वाचन बैहिष्कार अभियानलाइ सशक्त बनाउदै लैजाने गजुरेलले बताए।

उनले भने यो व्यवस्था पूर्णरूपमा असफल भइसक्यो अब आउने निर्वाचानबाट निर्वाचित भएकाहसरले पनि केही गर्न नसक्ने स्पष्ट भएकाले यो निर्वाचनमा जनताहरूले बैहिष्कार अभियानलाइ साथ दिने नेता गजुरेलले जानकारी दिए।

 – महँगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका रोगव्याधि, राष्ट्रघात, जनघातजस्ता विकराल समस्या झेलिरहेका नेपाली जनताले यी सबैबाट उन्मुक्ति चाहेकाे प्रेस वक्तव्यमा भनिएकाे छ।

यस प्रकारका तमाम समस्याको समाधान खोजिरहेका छन्। तर, त्यसको बदला यो पाखण्डी गठबन्धन सरकारले नेपाली जनतामाथि सङ्घीय र प्रादेशिक निर्वाचनको अर्को बोझ उपहार दिएको छ।

संसद तमाम प्रकारका राष्ट्रघात र जनघातको साधन बन्दै आएको तथ्यबारे हामी अवगत नै छौं । आसन्न संसदीय निर्वाचन बहिष्कार÷अवज्ञा गर्दै आएका निम्नअनुसार चार वामपन्थी दलहरुको मोर्चाको हालै बसेको बैठकले निम्नअनुसार विरोध र जनसङ्घर्षका कार्यक्रम प्रभावकारी ढङ्गले अघि बढाउने निर्णय गरेको छ।

जनघाती र राष्ट्रघाती यो संसदीय व्यवस्थालाई खारेज गरी योभन्दा अग्रगामी व्यवस्थाको पक्षमा नेपाली जनता उभिएका छन् भन्ने तथ्य राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले स्पष्टरुपमा बुझ्ने गरी बहिष्कार÷अवज्ञाको कार्यक्रमलाई सफल पार्न हामी परिवर्तनका पक्षधर सम्पूर्ण नेपाली जनसमुदायसँग हार्दिक आह्वान गर्दछौं।

नेकपा (क्रान्तिकारी माओवादी)का कार्यवाहक महासचिव सीपी गजुरेल ,गौरव, नेकपा (बहुमत)का संयोजक धवेन्द्र बास्ताेला, कञ्चन, नेकपा (मसाल) राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपाली र माओवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव रामनारायण पालको हस्ताक्षरमा संयुक्त प्रेस वक्तव्य सार्वजनिक गरिएकाे छ।

  जनघाती र राष्ट्रघाती यो संसदीय व्यवस्थालाई खारेज गरी यो भन्दा अग्रगामी व्यवस्थाको पक्षमा नेपाली जनता उभिएका छन् भन्ने तथ्य राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले स्पष्टरुपमा बुझ्ने गरी बहिष्कार÷अवज्ञाको कार्यक्रमलाई सफल पार्न परिवर्तनका पक्षधर सम्पूर्ण नेपाली जनसमुदायसँग हार्दिक आह्वान गरिएको छ।

सङ्घर्षका कार्यक्रमहरुः

वक्तव्यमा २०७९ असोज २३ गते – चितवन, २०७९ असोज २५ गते – जनकपुर, २०७९ असोज ३१ गते – विराटनगर, २०७९ कात्तिक २ गते – पोखरा, २०७९ कात्तिक ४ गते – बुटवल, २०७९ कात्तिक १७ गते – सुर्खेत, २०७९ कात्तिक १९ गते – धनगढी, २०७९ कात्तिक २३ गते – काठमाडौंमा निर्वाचन बहिस्कार संघर्षका कार्यक्रम गर्ने घोषणा गरिएको छ । यसका साथै जिल्लाहरुले पनि आफ्ना पहलमा सङ्घर्षका कार्यक्रमहरु गर्ने वक्तव्यमा उल्लेख गरिएको छ ।