प्रेस सेन्टर चितवनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

प्रेम प्रसाद कडेल-

चितवन। प्रेस सेन्टर चितवन जिल्ला समितिको आयोजनामा विजयादशमी, शुभ दिपावली, नेपाल संवत एवं छठको अवसरमा एक शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका सभाध्यक्ष प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्य पाठक, प्रमुख अतिथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , अतिथिहरु भरतपुर महानगर प्रमुख रेणु दाहाल, वाग्मती प्रदेशका मन्त्री घनश्याम दाहाल नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्यूनिष्ट पार्टी एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी , नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, उद्योग व्यवसायी खुमनारायण श्रेष्ठ, त्रिलोचन कडेल लगायत थिए।

कार्यक्रममा मन्तव्य राख्दै व्यवसायीको तर्फबाट खुमनारायण श्रेष्ठले विजयादशमीको सबै सबैमा शुभकामना व्यक्त गरे। त्यस्तै माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारीले शुभकामना व्यक्त गर्दै चितवनको बिकासका लागि प्रचण्ड पर्यायवाची भएको भन्दै मंसिर ४ को संघिय चुनावमा सबै जनतालाई जिताउन आग्रह गरे। अझै प्रतिगमनकारी खतराबाट देश मुक्त गर्न गठबन्धनको आवश्यकता भएको बताए।

कार्यक्रमका अतिथि नेकपा एमालेका अध्यक्ष रामप्रसाद न्यौपानेले शुभकामना व्यक्त गर्दै विचारको राजनीति गर्न सबैलाई आग्रह गरे। नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले विजयादशमीको शुभकामना दिदै देशमा गणतन्त्र व्यवस्था मात्र आएको जनताको अवस्थामा केही परिवर्तन नभएको गुनासो मात्र व्यक्त गरे।

कार्यक्रममा भरतपुर महानगर प्रमुख रेणु दाहालले विजयादशमीको शुभकामना दिदै विरोधका लागि विरोध नगर्न आग्रह गर्दै भरतपुर मा विकासका आयोजना तिव्र रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विजयादशमीको शुभकामना दिदै देशमा शास्त्रार्थको लडाइँ, दर्शनको लडाइँ हुदै युगहरूको परिवर्तन हुने भन्दै देशमा प्रतिगमनकारीहरु परिवर्तनकारी सिध्याउने षड्यन्त्रमा कम्मर कसेर लागेका बताउँदै मंसिर ४ को चुनावमा जनताले दिने मतको सम्मान गर्ने बताए।

नेपाली जनयुद्ध लगायतका नेपालका परिवर्तनका आन्दोलनमा पत्रकार जगतको सकारात्मक भूमिका रहेको बताउँदै प्रशंसा गरे। कार्यक्रमका सहभागिहरुलाई धन्यवाद दिदै सभाध्यक्ष सूर्य पाठकले पत्रकार महासंघका मागहरु प्रचण्डले सम्बोधन गर्ने आश्वासन दिएको बताउँदै कार्यक्रम समापन गरे। कार्यक्रमको सञ्चालन प्रेस सेन्टरका प्रकाशमणि ज्ञवालीले गरेका थिए।