साबा च्याम्पियनसिप: आज नेपाल र भुटान भिड्दै

काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज बुधबार तेस्रो तथा अन्तिम खेल खेल्दैछ।

नेपालले तेस्रो खेलमा भुटानको सामना गर्नेछ । नेपाल र भुटानबीचको खेल अपरान्ह ४:१५ बजे सुरु हुनेछ।

 
सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।नेपालले मंगलबार श्रीलंकालाई ५५-४९ ले हराएको थियो।

त्यसअघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग ५१-४७ ले पराजित भएको थियो। भुटान भने पहिलो जितको खोजीमा रहेको छ।

प्रतियोगितामा चार राष्ट्र सहभागी रहेका छन् । शीर्ष टोलीले उपाधि जित्नेछ ।