हस्तबहादुर केसीद्वारा लिखित “जनविद्रोह र सिद्धान्त” नामक पुस्तक सार्वजनिक

काठमाडौं। वरिष्ठ माक्र्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष कमरेड हस्तबहादुर केसीद्वरा लिखित ” जनविद्रोह र सिद्धान्त ” नामक पुस्तक काठमाडौं , बागबजार स्थित भुँडीपुराण प्रकाशन प्रा. लि. हालै प्रकाशित गरेको छ ।

  ६९२ पृष्ठ रहेको  केसीद्वारा लिखित उक्त पुस्तक पाँच खण्डमा विभाजन गरिएको छ : 
 
खण्ड एकमा : दर्शन , खण्ड दुईमा : राजनीतिक अर्थशास्त्र , खण्ड तीनमा : वैज्ञानिक समाजवाद , खण्ड चारमा : कम्युनिस्ट आन्दोलन
 ( क) अन्तर्राष्ट्रिय कम्युनिस्ट  आन्दोलन 
( ख) नेपाली कम्युनिस्ट आन्दोलन , 
 खण्ड पाँचमा : राष्ट्रिय स्वाधीनता समेतका विषयहरु समावेश गरिएको छ ।
   
लेखक केसीले  माक्र्सवादका तीन संघटक अंग दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको सिमाभित्र रहेर यो पुस्तक तयार पार्नु भएको छ ।
 
 केसीद्वारा लिखित यो पुस्तक विश्वमा सम्पन्न भएका जस्तै पेरिस कम्युन , रुस , चीन , भियतनाम , कोरिया , कम्वोडिया , क्वुवा , नेपाली जनयुद्ध लगायतका जनविद्रोह एवम् जनक्रान्तिका इतिहासका अनुभवहरु , नेपाल , भारत लगायतका विश्वका विभिन्न मुलुकमा चलिरहेका जनविद्रोहहरु र भविष्यमा विश्व मानव समुदायले गर्नैपर्ने जनविद्रोहहरुक‍ो आशावादका साथ महत्त्वपूर्ण  विषयहरु समेटिएकाले पाठकहरुका निम्ति निकै पठनीय र संग्रहनीय रहेको छ । 
     
 प्रकाशन संस्था भुँडीपुराण प्रकाशन प्रा. लि.ले केसीको यो पुस्तक राजधानी उपत्यका र मोफसल ( बाहिर देशभर ) का सबै पुस्तक पसलहरुमा वितरणका लागि पठाइने जानकारी गराएको छ ।