नेपाल टेलिकमले ल्यायो ‘निर्वाचन अफर’, यस्ता छन् सेवा सुबिधा

काठमाडौं ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अवसरमा नेपाल टेलिकमले उपलब्ध गराउने निर्वाचन अफर सम्बन्धमा यसैसाथ संलग्न प्रेस विज्ञप्ति प्रकाशनर प्रसारण गरिदिनु हुन अनुरोध छ।

आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको छ।

यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ। डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु २९४ मा उपलब्ध छ।

यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु ९८ मा उपलब्ध छ। एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु ४९ मा उपलब्ध हुनेछ। यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ।

यो अफर आज कात्तिक २७ गतेदेखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुने जानकारी दिएको छ।

आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ। निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको जनाएको छ।