त्यसैले बाजुरा बद्रीप्रसाद पाण्डेलाई जिताएर पठाउँने छ ! 

लेखक -यमराज तिमिल्सिना
सुदूरपश्चिम प्रदेश बाजुराको माटोले बद्रीप्रसाद पाण्डेको जस्तो राष्ट्रिय छवि निर्माण गर्न सफल निष्कलंकित स्वच्छ छवि भएको राजनीतिकर्मी जन्माउँन बिसौँ वर्ष कुर्दा पनि गाह्रै पर्ला !
नेविसंघ बाजुराको संस्थापक अध्यक्ष देखि नेविसंघ वाल्मीकि विद्यापिठको अध्यक्ष र नेविसंघ केन्द्रिय सदस्य, महामन्त्री, उपाध्यक्ष, विद्यार्थी परिषदको अध्यक्ष हुँदै पार्टीको दुई पटक केन्द्रिय सदस्य र पार्टी सहमहामन्त्री साथै संविधानसभा सदस्य र राष्ट्रियसभा सदस्यको अनुभव लिइसकेका पाण्डे विवाद रहित व्यक्ति हुन् ।
यसपालि बाजुराबाट जनमत लिएर आफ्नो योजना अनुसारको काम देखाउने जमर्को गरेका छन् । पाण्डे बाजुरा काङ्ग्रेसका नेता मात्र होइनन् सिङ्गो देशको र युवा पुस्ताकै नेतृत्व हुन् । पार्टीको सभापति र राष्ट्रको प्रधानमन्त्री बन्नसक्ने संभावना देखिएका व्यक्ति हुन् ।
पार्टी र सिङ्गो राष्ट्रको रुपान्तरणको लागि व्यक्तिगत लाभ र हानीको प्रवाह नगरी बुलन्द आवाज उठाउँदै आएका प्रखरवक्ता सिर्जनशील अग्रगामी सोच, प्रगतिशील विचारको मार्गचित्र बोकि विद्यार्थी राजनीतिबाट उदाएका इमान्दार, नैतिकवान, अध्ययनशील, सुस्पष्टता र, कुनै जालझेल तिकडम नगरी कसैको निगाहमा नभइ आफ्नै अक्कलले दूर्गम पिक्षडिएको क्षेत्रबाट राष्ट्रिय छाप छोड्न सफल व्यक्ति हुन् ।
त्यतिमात्र होइन राजनीतिमा पाइला टेक्दै गरेका राष्ट्रका तमाम युवाहरूका रोलमोडल प्रखरवक्ता, शालिन व्यक्तित्व, राष्ट्रिय छवि निर्माण गर्न सफल निष्कलंकित स्वच्छ छवि भएका विश्वराजनीतिलाई बुझेर राजनीति सुधारको पक्षमा वकालत गर्ने दूरदर्शी व्यक्ति हुन्। पाण्डेको विचारमा राजनीति जनताका लागी गर्नुपर्दछ । जनताका लागी हुनुपर्दछ । राजनीति निष्ठा, त्याग, समर्पण र सदाचारको क्षेत्र बन्नुपर्दछ,बनाउनु पर्दछ ।
पाण्डेले भनेकाछन् आफूले जितेर गएपछि बाजुराको प्रतिष्ठामा आँच आउने काम हुनेछैन । मलाई हेर्नुहोला, मसँग प्रतिस्पर्धा गर्नेलाई हेर्नुहोला । मेरो जीवन हेर्नुहोला, उहाँहरुको जीवन हेर्नुहोला । अहिलेसम्म कालो टीका लगाएको छैन, लाउने छैन । बाजुराको विकास सिङ्गो देश बनाउन अठोट र संकल्पका लागी राजनीतिमा होमिएको हुँ । यस पटक मेरो परीक्षा लिनुहोस् । म पास मात्र होइन बाजुराको विकासमा नयाँ उचाई थप्नेछु । राजनीतिक जीवनमा कुनै दिन मन्त्री बनुँला, पार्टीको महामन्त्री बनुँला त्या भन्दा माथी हुला तर भ्रष्टाचारको कालो टीको लाग्यो भने राजनीति मात्रै नभएर जीवनका हरेक कामबाट सन्यास लिनेछु ! त्यसै गरि भनेकाछन् “राजनीतिक स्थिरता नभए देशमा शुसासन नहुने सुशासन नहुँदा देशको समृद्धी नहुने हुँदा देशको मुलनीति राजनीतिको जरो सुधार्न आफु नागरिकको सर्वोच्च थलो संसदमा जान चाहेकोको बताएकाछन् । पाण्डे राजनीतिमा निष्ठा र इमान्दारिताका साथ अविच्छिन्न गतिमा लागेकाछन् । राजनीति केवल सडक तताउँने, टायरबाल्ने मात्र होइन कहिले वक्तृत्वकला, त कहिले निबन्ध प्रतियोगिता अनि कहिले रक्तदान र वृक्षारोपण अनि पुस्तकालय स्थापना गर्दै सिर्जनशीलता र रचनात्मक सोचले समाज र देश परिवर्तन गर्न सकिन्छ भन्ने आत्मविश्वास उनमा देखिन्छ ।
पाण्डेको संकल्प छ ‘राजनीति सुध्रियो भने देश सुध्रिन्छ, तपाईं हामी बसेको समाज सुध्रिन्छ । राजनीति त्याग, निष्ठा, समर्पणको हुनु पर्दछ । हामीले गर्ने कर्म देश र जनताका हितमा हुनुपर्छ । मलाई आफू जन्मेको माटो प्रती गौरव छ । यहि माटोले आफुलाई अहिलेसम्म दिएको पहिचानमा खुसी छु त्यसैले यहाँ बिकास र समुन्नतिको गर्ने भोक छ, तपाईं हाम्रै पालामा बाजुराको बिकास सम्भव छ । यो पटकको अबसरलाई मनैबाट ,मन भित्रैबाट बढी भन्दा बढी सदुपयोग गर्ने अठोट लिएर होमिएको छु ।
बाजुराको विकास किन हुदैन? सधैं किन राज्यबाट उपेक्षित छ ? अझैँ कहिलेसम्म दुर्गम,पिछडिएको नागरिक भैरहने/ बनिरहने बाजेको पुस्तादेखि हाम्रो पुस्तासम्मले यही प्रश्न कहिले सम्म गरिरहने ? बाजुराले राज्यको बागडोर सम्हाल्ने मौका पाएन, थोरैले पाए सिमित समय पाए । तर पाए जस्तो भएन । त्यसैले यो पाली राम्रो संभावनाको ढोका खुलेको छ यो अवसरलाई खेर फाल्यौँ भने पछुताउँनु बाहेक केही रहनेछैन । बाजुराले स्वच्छ ,नैतिवान, वैचारिक उर्जाशिल उम्मेदवार पाएको छ जुन बाजुराको विकासले नयाँ उचाइ समात्ने निश्चित छ त्यसैले बद्री पाण्डेको विकल्प हुन सक्दैन । किनभने हामीले विगत हेरेका छौँ, वर्तमान देखेका छौँ र भविष्य सजाएका छौँ । पाण्डेसँग देश बनाउने र बदल्ने संकल्प छ, सरलता, श्रेष्ठता छ, योजना, नैतिकता, निष्ठा र वैचारिक धरातल छ । देश विकास हुन बाजुरा विकशित हुनुपर्छ भन्ने धारणा छ । त्यसैले पनि बाजुराले बिर्सनु हुदैन । बाजुराको माटोमा उब्जेको विचारले राष्ट्र हाँक्ने दिन आउँनसक्छ जुन संभावना बद्रीप्रसाद पाण्डेमा प्रष्ट देखिन्छ, यो नै बाजुराको प्रतिष्ठाको विषय हो । पाण्डेले राष्ट्रिय सभामा बाजुराका बारेमा बोलेको कुरालाई जोड्नु बढी नै सान्दर्भिक ठानिन्छ ‘मन्त्री ज्युको जिल्लामा दर्जनौं योजना छन् मेरो जिल्ला बाजुरामा एउटा पनि योजना समाबेश गरिएको छैन, जहाँ दुर्गम छ, रणनीतिक सडक योजना अलपत्र छ । बजेट समाबेशी, समानुपातिक, राज्यका सबैको पहुँचमा हुनुपर्छ,राज्यबाट उपेक्षित गरिनु हुँदैन,सच्याईयोस् । यसरी बाजुराको आवाजलाई सहि ठाउँमा राख्नसक्ने ल्याकत भएका व्यक्ति हुन् पाण्डे ।
सुदुरपश्चिम बाजुराबाट राष्ट्रिय राजनीतिको मुलधारमा पुग्न सजिलो छैन, थिएन । बाजुराबाट विद्यार्थी राजनीति सुरु गरि नेपाल विद्यार्थी संघको केन्द्रिय पदाधिकारी हुदै गर्विलो इतिहास, जिम्मेवार वर्तमान, सुनौलो भविष्य भएको नेपाली काङ्ग्रेस जस्तो पार्टीको दुई पटक केन्द्रिय सदस्य हुँदै सहमहामन्त्री हुनु राष्ट्रिय राजनीतिमा बाजुराले पनि हिस्सा प्राप्त गरेकोमा आम बाजुरेलीलाई गर्व र प्रतिष्ठाको विषय बनेको छ । बाजुरेली जनताबाट अनुमोदित हुन चाहान्छन् यसको सहि सदुपयोग गर्नु नै आम बाजुरेलीको हितमा हुनेछ । बाजुरावासीका लागी यो सुनौलो मौका पनि हो । पाण्डेको विगतलाई हेरेर ढुक्कसँग भन्नसकिन्छ बाजुराको प्रतिष्ठामा आँच आउँने कुनै कार्य गर्नेछैनन् ।