प्रचण्डका द्धन्द्धकालिन मुद्दाका सम्पूर्ण विवरण पेश गर्न सार्वोच्चको आदेश

काठमाडौं । २०५२ सालदेखि करिब १० वर्षसम्म चलेको द्धन्द्ध कालिन समयमा १७ हजार नेपालीको ज्यान गएको थियो ।

उक्त १७ हजार ज्यान गुमाएका मध्ये ५ हजार जनाको मृत्युका जिम्मा लिन्छु भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकलम दाहालले विभिन्न स्थानमा आफ्नो भाषणामा दावी गरेका छन् ।

उक्त पाँच हजार जना निहत्थाको ज्यान लिएको विषयमा हत्यारालाई कारबारही र पीडितलाई न्याय दिलाइ पाउँभन्दै गत कार्तिक ६ गते दरपिठ मार्फत रिट दर्ता भएको थियो ।

उक्त रिट माथि मंगलबार कामु प्रधानन्यायाधिश हरिकृष्ण कार्कीको एकल इजालाशले द्धन्द्धकालिन विषयको प्रतिवेदन पेश गर्न आदेश गरेका छन्। उक्त मुद्दामा अधिवक्ता कीर्तिनाथ शर्मा, ज्ञानेन्दराज आरण र शिवकुमार यादवले बहस गरेका थिए ।