युएईविरूद्धको वान डे सिरिज जित्न नेपाललाई १७७ रनको लक्ष्य

काठमाडौं। नेपालका बलरले उत्कृष्ट बलिङ गरेपछि युएई विरूद्धको सिरिजको अन्तिम खेलमा नेपालले १७७ रनको लक्ष्य दिएको छ।

कीर्तिपुर खेल मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले ९ विकेट लिन सफल भयो।

नेपालका गुल्सन झाले पहिलो विकेट लिँदै राम्रो सुरूआत गरेका थिए।

खेलमा नेपालका गुल्सन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २-२ विकेट लिए।

दिपेन्द्र सिहं ऐरीले १० ओभरमा २२ रन दिएर दुई विकेट लिए भने गुल्सन झाले ७ ओभर बलिङ गरेर ४२ रन दिँदै २ विकेट लिए।

पार्ट टाइम बलर कुशल भुर्तेलले ७ ओभरमा ३२ रन दिएर २ विकेट लिए। ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट लिए।

युएईका लागि ५ खेलाडीले दोहोरो अंकमा रन बटुल्न सके।

अलिसान सराफुले ६९ बलमा ३३ रन बटुले भने युएईका पूर्व कप्तान रोहन मुस्तफाले ५६ बलमा २४ रन बटुले त्यस्तै मोहम्मद वामिसले ८ बलमा ११ रन बटुल्न सफल भए।

अन्तिम विकेटको लागि उत्कृष्ट साझेदारी गर्दै आएन अफजल खान र हजरत बिलालले युएईको इनिङलाई उकासे।

उनीहरूले ११३ बलमा ८३ रनको साझेदारी गरे। आएन अफजल खानले ६४ बलमा ५४ रन र हजरत खानले ५३ बलमा २० रनको योगदान गरे।