देशभरका ३४ ठाउँमा शङ्कास्पद वस्तु भेटियो सेनाद्वारा डिस्पोज
काठमाडौं। निर्वाचनको पूर्व सन्ध्यामा देशभर ३४ ठाउँमा शङ्कास्पद वस्तु भेटिएको छ। मुलुकका विभिन्न ठाउँमा फेला परेको शङ्कास्पद बस्तु डिस्पोज गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकोको नेकपाले पछिल्लो साता देशका विभिन्न ठाउँमा विस्फोट गराउने र शङ्कास्पद वस्तु राख्ने गरेको सुरक्षा अधिकारीहरू बताउँछन्।
आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सुरु भएको छ । मतदान शान्तिपूर्ण रूपमा सुरु भएको डीआईजी राईले बताए । उनले भने–‘कुनै पनि मतदान स्थलमा समस्या छैन, सवैतिर शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ।