बाजुरामा प्रहरीको राइफल खोस्ने युवा अझै फरार

काठमाडौं। बाजुराको त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा भएको झडपको क्रममा प्रहरीसँग भएको इन्सास राइफल खोसेर झडप गर्नेमध्ये केही भागेका छन्। इन्सास राइफल अझै फेला नपरेको प्रहरीले जनाएको छ।

आन्दोलनकारीले राइफल खोसेर भागेपछि प्रहरीले गोली चलाउन बाध्यएको हो। प्रहरीले बल प्रयोग गर्दा सुरेन्द्र अएडीको मृत्यु भएको प्रहरीको भनाई छ। झडपमा परेर प्रहरी सहायक हवल्दार कृष्ण बहादुर कुँवर घाइते भएका छन्।

राति काँग्रेसका कार्यकर्ताले त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीलाइ कुटपिट गरि हत्या गरेका हुन।
निर्घात कुटपिट भएका अयडिको मृत्यु भइसकेको बयलपाटा अस्पतालका प्रमुख डा.मन्दिप पाठकले वताएका छन् ।