क्रान्तिकारी माओवादी र नेकपा (बहुमत)का १३ जना नेता कार्यकर्ताहरू रिहाइ

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत)का १३ जना नेता कार्यकर्ताहरू रिहाइ भएका छन्।
पक्राउ गरिएका नेता कार्यकर्ताहरूलाई प्रहरी वृत्त दरबारमार्ग काठमाडौंमा राखिएको थियाे।निर्वाचन बहिष्कार गर्न निर्वाचन आयाेग अगाडि प्रदर्शन गर्ने क्रममा उनिहरू पक्राउ परेका हाे।
साे कार्यक्रममा कालो झण्डा देखाउदै निर्वाचन आयाेग अगाडि प्रदर्शन गरेका थिए।
उक्त प्रदर्शनमा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल,केन्द्रीय सदस्य बसन्त बाेगटी,सुनिता बुढाथोकी अर्जुन बाेगटी ,युवराज थापा ,मन्जिल बाेगटी लगायतका नेता कार्यकर्ता आज रिहाइ भएका छन्।

 पक्राउ गरिएका नेता कार्यकतालाइ प्रहरी बृत्त दरबारमार्गबाट रिहाइ रिएकाे हाे।