ललितपुर ३ मा तोसिमा कार्कीको मतान्तर बढ्यो

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको मतान्तर बढेको छ ।

सहरी क्षेत्र र नयाँ बस्तीको मतगणना सुरू भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। कार्कीले मतान्तर बढाउँनुभएको हो ।

चक्रपथ बाहिरका बस्तीको मत गन्दा एमालेका उम्मेदवार अमृत खड्काले अग्रता लिनुभएको थियो।

सहरी क्षेत्र र नयाँ बस्तीको मतगणना सुरू भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.कार्कीले मतान्तर बढाउँनुभएको हो ।

साँझसम्मको मत परिणामअनुसार तोसिमाले २ हजार ४ सय १५ मत प्राप्त गर्नुभयो भने एमालेका खड्काले २ हजार ३९ र माओवादी केन्द्रकी पम्फा भुसालले १ हजार २ सय ५० मत मत प्राप्त गर्नुभयो।