फुटबलको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ। एन्फाले आज सूचना निकाल्दै मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो।

एन्फाले फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ।

नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाई र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण कार्यबाहक प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा खेलेको थियो।

यस्तै एन्फाले टेक्निकल डिरेक्टरका लागि समेत दरखास्त आह्वान गरेको छ। एन्फाले फाइनान्स डिरेक्टर, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरको पनि दरखास्त आह्वान गरेको छ।