समानुपातिकतर्फ १ करोड ७ लाख मत गन्दा,एमालेको २७ लाख २८ हजार नाघ्यो,कुन दलको कति ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन अन्तर्गत प्रतिनिधिसभा समानुपातिक तर्फको १ करोेड ७ लाखभन्दा बढी मित गणना सकिएको छ।

कुल १ करोड १० लाख मत खसेकोमा त्यति गणना गर्दा हालसम्मको सदर मत १ करोड २ लाख ३० हजार ६५५ हो । अब गन्न अब जम्मा ३ लाख मतपत्र मात्र बाँकी रहेका छन् ।

हालसम्मको मत परिणाम अनुसार नेकपा (एमाले) २७ लाख २८ हजार ६२३ मत ल्याएर अगाडि रहेको छ भने दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९८ हजार ५५६ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख ५४ हजार ५९१ मत ल्याएर तेस्रो दल बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी भन्दा केही कम ११ लाख ६ हजार ९१ मत ल्याएर चौथो दल बनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८० हजार ४३४, जनता समाजवादी पार्टी नेपालले ४ लाख १२ हजार ८५८ र जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत ल्याएर थ्रेस होल्ड कटाएका छन् ।

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९२ हजार १५८ मत ल्याएको छ । उसले थ्रेसहोल्ड कटाउन सकेको छैन ।

मत गणना जम्मा ३ लाख मात्रै बाँकी रहेकाले समाजवादी पार्टीले थ्रेसहोल्ड कटाउन सम्भावना कमजोर बनेको छ ।