बाजुरामा आजबाट मतगणना सुरु

 

फाइल तस्वीर

काठमाडौं। बाजुरामा मतगणना सुरु गरिएको छ। मतगणना केही समय अगाडि मात्र सुरू गरिएको हो। दिउसो ३ बजेर ३० मिनेटबाट सरु हुने भने पनि केहि समय ढिलो सुरु गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलिय बैठकले ३स्३० बजेबाट मतगणना गर्ने सहमति गरेको थियो ।

निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गर्ने बुधबार मात्र निणर्य गरेको थियो। तर बैठकमा एमाले नआएपछि गणना सुरु हुन सकेको थिएन्।  आयोगले मतगणना गर्ने निणर्य गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले तेस्रो पटक सर्वदलिय बैठक बोलाएको थियो। तेस्रो पटक नेकपा एमालेसहित सहभागि भएपछि मतगणना गर्ने सहमति भएको थियोे। बुधबारदेखिकाे पहल आज मात्र सफल भएको छ।