क्रान्तिकारी माओवादीले ग-यो भारतीय ज्यादति,सरकारको निरीहता र दलाली प्रवृत्तिका सबैखाले हस्तक्षेपको घोर बिरोध
काठमाडौं । महाकाली क्षेत्रमा भारतीय विस्तारवादले गरेको ज्यादतिको नेकपा (क्रान्तिकारी माओवादी)ले घोर विरोध गरेको छ।
नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता प्रतीकले एक वक्तव्य जारी गरी भारतीय विस्तारवादको तर्फबाट गरिएको यस प्रकारको ज्यादति तथा नेपाल सरकारको निरीहता र दलाली प्रवृत्तिको घोर बिरोध गरेको हो ।
वक्तव्यमा तटबन्धको विरोधमा उत्रनु भएका नेपाली युवाहरुहरुको देशभक्तिको सम्मान गर्दै भारतीय पक्षबाट हुने सबैखाले हस्तक्षेप रोक्न, घाइतेहरुको निःशुल्क स्वस्थ्योपचारको व्यवस्था मिलाउन र क्षतिपूर्तिका लागि पहलगर्न पनि नेपाल सरकारसँग जोडदार माग गरिएको छ।
वक्तव्यमा भनिएको छ, नेपालमाथि भारतीय विस्तारवादी शाषक वर्गको हेपाहा प्रवृत्ति गत आइतबार पुनः दार्चुलामा देखिएको छ। नेपाल सरकारसँग कुनै सम्पर्क नराखी नेपालको बंगाबगड क्षेत्रतर्फ पानीको बहाव फर्काउन महाकाली नदीको किनारमा ग्याबिन जाली लगाएर तटबन्ध गर्ने क्रममा भारत सरकारले यो दादागिरी गरेको हो।
घटनास्थलमा गई त्यसको विरोध गर्ने क्रममा प्रेमसिंह कुँवर, पुष्कर सिंह, जयसिंह ऐर लगायतका स्थानीय नेपाली युवाहरु घाइते भएका छन्। भारतीय विस्तारवादको तर्फबाट गरिएको यस प्रकारको ज्यादति तथा नेपाल सरकारको निरीहता र दलाली प्रवृत्तिको हाम्रो पार्टीे घोर बिरोध गर्दछ।
उक्त तटबन्धको विरोधमा उत्रनु भएका नेपाली युवाहरुहरुको देशभक्तिको सम्मान गर्दै भारतीय पक्षबाट हुने सबैखाले हस्तक्षेप रोक्न, घाइतेहरुको निःशुल्क स्वस्थ्योपचारको व्यवस्था मिलाउन र क्षतिपूर्तिका लागि पहलगर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ।