यी हुन् माओवादी केन्द्रका समानुपातिक सांसदहरू (नामावालीसहित)

फाइल तस्वीर

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा पठाउने समानुपातिकतर्फका सांसदको नाम टुंगो लगाउने तयारी गरेको छ ।

निर्वाचन आयोगले थ्रेस होल्ड कटाएका दलहरूलाई समानुपातिक सांसदको नाम सिफारिस गर्न तीन दिन (मंसिर २४ सम्म) को समय दिएको छ ।

माओवादी केन्द्रले समानुपातिक सांसदको नाम टुंगो लगाउन आज दिउँसो तीन बजेका लागि पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठकले क्लस्टर मिलाएर समानुपातिक सांसदको नाम टुंगो लगाउने तयारी गरेको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १८ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ७५ हजार ६८४ मत पाउँदै १४ सिट पाएको छ ।

यी हुन् माओवादी केन्द्रबाट सांसद बन्ने सम्भावित अनुहार 

खसआर्य

१-हितराज पाण्डे
२- पेशल खतिवडा
३- ज्ञानु बस्नेत
४- विमला सुवेदी

आदिवासी जनजाति
१-दुर्गा राई
२- मिना तामाङ
३- उर्मिला माझी
४- छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र)

दलित
१- सुशीला श्रीपाइली
२-पार्वती विक

मधेसी
१- मिना यादव
२-उमरावतीदेवी यादव

थारु
१- रुपासोसी चौधरी

मुस्लिम
१- कल्पना मियाँ