सीके राउतको सदन र सरकारमा परीक्षा : अन्य दलले कसरी हेरेका छन् त ?

काठमाडौं।मंसिर ४ गते सम्पन्न निर्वाचनमा निर्वाचित भएपछि पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुँदै सङ्घमा राष्ट्रिय दलको रूपमा ५ सिट सुरक्षित गरेको जनमत पार्टीको उदयलाई लिएर मधेसमै आधार भएका दलमध्ये कुनैले उसँग ‘सहकार्य गर्न सकिने’ त कतिपयले उक्त दलका कामलाई ‘थप केही समय हेरेर धारणा बनाउनुपर्ने’ बताएका छन्।

सङ्घमा सीके राउत नेतृत्वको जनमत पार्टीको हैसियत पुरानै दल लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल भन्दा ठूलो बनेको छ।

महन्थ ठाकुर नेतृत्वको दल लोसपाले प्रत्यक्षतर्फ ४ सिट मात्र जित्न सफल भयो भने समानुपातिकमा तीन प्रतिशत मत कटाउन नसक्दा उसले थप सिट पाउन र राष्ट्रिय दल बन्न सकेन।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले समेत समानुपातिकतर्फ जनमत पार्टी बराबर पाँच सिट हासिल गर्‍यो।

तर प्रत्यक्षमा सात सिट जितेको जनता समाजवादी पार्टीले समानुपातिकमा पाँच सहित १२ सिट पाएर छैटौँ ठूलो दल बनेको छ।
केन्द्रीय र प्रादेशिक राजनीतिमा सीके राउतको उदयबारे चासो बढिरहेकाे छ भने उनीबारे अझै धेरै कुरा जान्न बाँकी रहेको राजनितिक दलहरूले बताउने गरेका छन्।  

वहाँ वास्तवमा काे हाे ? चाहेको के हो र जाने कहाँ हो भन्ने अझै प्रस्ट नभएकाे राजनितिक दलका नेताहरूले बताउने गरेका छन्। र उहाँ सरकारमा पुग्नुभयो भने  वास्तवमा के हो भन्ने चिन्न सकिनेमा राजनितिक दलहरूका नेताहरूले बताउने गरेका छन्।

सदन र सरकारमा परीक्षा

संसदीय राजनीतिमा नयाँ रहेका राउतले संसद्मा खेल्ने भूमिका र सरकारमा गएर सेवा प्रवाहमा देखाउने कामले उनको ‘फैलावट निर्धारण गर्ने’ राजनीतिक विश्लेषकहरूले बताउने गरेका छन्। 

त्यसरी बढ्दा उहाँले लिने भनेको जसपा र लोसपाको ठाउँ हो। अहिले प्राप्त गरेको हैसियतलाई वहाँले कति दिगो बनाइराख्न सक्नुहुन्छ वा संसदीय राजनीतिमा कसरी बचेर खेल्न सक्नुहुन्छ भन्नेले वहाँको भविष्य निर्धारण गर्ने छ। 

यसबीचमा राउत खासगरी सङ्गठन विस्तारका क्रममा प्रभावकारी देखिने गरी सप्तरी, सिराहा र धनुषामा केन्द्रीत भएका देखिन्थे।

सप्तरी-२ मै उनले जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवलाई भारी मत अन्तरले चुनाव जितेका हुन्।

मधेसका दलहरूले दिन नसकेको सेवा प्रवाह र नतिजाको विषयमा समेत राउतले लाभ लिनुभयो भने उहाँले जातीय रूपमा पिछडिएका समुदाय र बहुसङ्ख्यक यादव-मुस्लिममा अरू दल केन्द्रीत हुँदा उहाँ त्यसबाहेकका जातजातिमा केन्द्रीत भएका थिए।  

तर अब राउतको वास्तविक परीक्षा संसद र सरकारमै हुने विश्लेषकहरूले बताउने गरेका छन्।  मधेस प्रदेशमा जनमत पार्टी सरकार गठनका लागि निर्णायक हुने ठानिएको छ।