साम्राज्यवादका दलाल र चाटुकारहरु कम्युनिस्ट होइनन् : हरिभक्त कँडेल

काठमाडौं । अखिल नेपाल जनसांस्कृतिक महासंघ, अखिल नेपाल जनसांस्कृतिक महासंघ, रक्तिम सांस्कृतिक अभियानको संयुक्त आयोजनामा भएको ‘नेपाली कम्युनिष्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेल प्रतीकले आफुलाई कम्युनिस्ट बताउने संसदवादीहरु कम्युनिस्ट नभएर साम्राज्यवाद र विस्तारवादको दलाल र चाटुकार भएको स्पष्ट पार्नुभयो।

नव प्रतिक्रियावादमा पतन भइसकेका उनीहरुप्रति अझै पनि केही भ्रम जनतामा कायम रहेकोले त्यस्तो भ्रम नचिरेसम्म नयाँ जनवादी क्रान्ति अगाडि बढ्न नसक्ने दावि गर्नुभयो ।

उहाँले संशोधनवादी तथा अवसरवादीहरुको संसदीय चुनावको कायदिशाले हावा खाइसकेको बताउनु हुँदै संशोधनवादी र अवसरवादीहरुको कार्यदिशा भनेको ख्रुश्चोवी कार्यदिशा भएको पनि स्पष्ट पार्नु भयो ।

उहाँले नवउदारवादी अर्थव्यवस्थालाई अँगालेर समाजवाद ल्याउँछु भन्नू जनतालाई बेबकुफ बनाउनु र धोका दिनु हो भन्दै अब नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गरेर मात्र वास्तविक समाजवाद, वैज्ञानिक समाजवाद स्थापना गर्न सकिने विचार राख्नुभयो ।

कार्यक्रममा नेकपा (बहुमत)का संयोजक धर्मेनन्द्र बास्तोला, नेकपा (मशाल)का प्रवक्ता रामबहादुर बुढाले पनि महत्वपुर्ण भनाई राख्नुभयो ।

प्रा.डा. जगदिशचन्द्र भण्डारीको अध्यक्षतामा सपन्न कार्यक्रमको सञ्चालन खेम थपलियाले गर्नुभएको थियो । स्वागत मन्तव्य भने नारायण शर्माले राख्नुभएको थियो।

कार्यक्रमको बीचमा रक्तिम साँस्कृतिक अभियानका महासचिवले क्रान्तिकारी गीत प्रस्तुत गर्नुभएको थियो । चर्चित कवि बलराम तिमिल्सिनाले कविता प्रस्तुत गर्नुभएको थियो ।