अखिल (क्रान्तिकारी) का उपाध्यक्ष किरण अधिकारी थारूको श्रद्धाञ्जली कार्यक्रम सिराहामा सम्पन्न

काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष किरण अधिकारी थारूको १२ दिनको श्रद्धाञ्जली कार्यक्रम सिराहामा सम्पन्न भएको छ।र उपाध्यक्ष तथा प्रदेश सदस्य किरणकुमार अधिकारी थारुकाे हृदयघातका कारण असमायिक निधन भएकाे थियो।र १२ दिनकाे दिन सिराहा जिल्लाकाे लाहान २२ जहादी उहाँकाे घरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ। उक्त कार्यक्रमकाे अध्यक्ष राम शंकर थारु गर्नु भएकाे थियाे । उक्त कार्यक्रमकाे प्रमुख अतिथि अखिल(क्रान्तिकारी)का अध्यक्ष तथा ने.क.पा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य हरिकृष्ण गजुरेल हुनुहुन थियाे। यस्तै उक्त कार्यक्रम का अतिथिहरुमा ने.क.पा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य राम नारायण सिहं, अखिल(क्रान्तिकारी)की  उपाध्यक्ष शिलु न्याैपाने , महासचिव पेशल दाहाल,काेषाध्यक्ष रन्जित शाह,राैटहट जिल्ला सेक्रेटरी प्रहलाद शाह, सिराहा जिल्ला सेक्रेटरी शम्भु शाह थिए । श्याम अधिकारी थारु स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने मन्तव्यकाे क्रममा राजेश विद्रोह र प्रवेश लामाले नेता किरण संगकाे अनुभव जन्य संस्मण सुनाउनुभयाे । यस्तै नेता राम नारायण सिहंले किरण कुमार अधिकारीले कलेज जीवन देखिनै इमान्दारीताका साथ अाफ्नाे जीम्मेवारीलाइ बहन गर्दै आउने र कहिल्यै पद का लागि मरी हत्ते नगर्ने नैतिक बान नेतालाइ २ नम्बर प्रदेशले गुमाएकाे नेता सिहंले बताउनुभयाे उहा जस्ता नेता सजिलै पैदा गर्न नसक्ने उहाले बताए । यस्तै श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि हरिकृष्ण गजुरेलले उहाले कहिल्यै पनि आफ्ना जीवनका समस्या नरख्ने, क्रान्ति प्रति प्रतिवद्ध विद्यार्थी नेता हुनुहुन्थ्यो ।सङ्गठनमा आइपरेका समस्य समाधानका लागि गहकिला सरसल्लाहा दिदै आफूलाइ कहिलयै केन्द्रमा नराखि संगठनलाइ त्याग र वलिदानकाे संधर्ष गर्नु पर्ने सुझाव उपाध्यक्ष किरणले दिने गरेकाे नेता गजुरेलले बताउनु भयाे। उहाकाे असल श्रद्धाञ्जलीका लागि सवैले कान्ति र संधर्षलाइ आत्मा साथ गर्नु पर्याे। र उहाकाे स्मृतीकाे लागि अखिल(क्रान्तिकारी) स्मृति गन्थ प्रकासन गर्ने जानकारी अखिल(क्रान्तिकारी)कि उपाध्यक्ष शिलु न्याैपानेले दिनु भयाे।