अखिल (क्रान्तिकारी)ले आज त्रिभुवन विश्वविद्यालयमा विरोध प्रदर्शन गर्दै

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध अखिल (क्रान्तिकारी)ले आज त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयमा विरोध प्रदर्शन गर्ने भएको छ।

परिक्षा नियन्त्रण कार्यलयको चरम ब्यथिति र लापरबाही विरुद्ध प्रदर्शन गर्न लागिएको अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो।

विश्वविद्यालयको व्यथिति र लापरबाही रोक्न आज शान्तिपूर्ण तरिकाले विरोध गर्ने र त्यति गर्दा पनि सुनुवाइ नभए चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने अध्यक्ष गजुरेलले बताउनुभयाे।

परिक्षा नियन्त्रण कार्यलयको गेट बल्खुमा दिउँसो १२ बजे विरोध प्रदर्शन गर्ने अध्यक्ष गजुरेलले बताउनुभयाे  ।