शिक्षक सेवा आयोग गर्यो मावि शिक्षकका लागि दरखास्त आह्वान

काठमाडौं। शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय क्षेत्री शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । सोमबार विज्ञापन प्रकाशन गरिएको हो।

सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ।