रविको केटाकेटी जस्तै बुद्धि देखियो,ओली, प्रचण्ड र देउवाले देश बर्बाद बनाउने भए: नेता हरिकृष्ण गजुरेल

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले गृहमन्त्री रवि लामिछाने केटाकेटी भएकाे एक टेलिभिजन अन्तरवार्ता बताएका छन्।

उनले भने रविको केटाकेटी बुद्धिले देश अगाडी बढ्दैन आफ्नै नागरिता छानविन गर्न त आफै गृहमन्त्री भएका मान्छेसँग जनताले कति अपेक्षा गर्ने त्यो आफैमा प्रश्न गर्नु पर्ने बेला आएको बताए। रवि,बालेन भनेका पानिका फाेका जस्तै हुन अबकाे केही बर्षपछि आफै बिलिन भएर जानेमा निश्चित छ।   

 याे संसदीय व्यवस्थाले देशमा विकास र समृद्धि हाेइन,याे व्यवस्थाले लुट मचाउने,स्राेत साधन कब्जा गर्ने बाहेक अरू केही नगर्ने नेता गजुरेलले बताएका छन्। 

 अहिलेकाे याे व्यवस्था पैसाका लागि आमा पनि बेच्न तायार हुने व्यवस्था हाे? यही व्यवस्थाले देशमा कहिले पनि विकास हुँदैन त्यसैले जनताकाे राज्य व्यवस्था स्थापना गरेर मात्र देशमा विकास सम्भव हुने बताएका छन्।   

 उनले भने हामीले याे संसदीय व्यवस्था ल्याउनलाइ जनयुद्ध लडेका थिए नाै तत्कालिन नेतृत्वहरूले जनयुद्ध माथि ठूलाे गद्दारी गरेर अन्तत यही संसदीय व्यवस्था सामु लम्पसार परेर जनतालाइ ठूलाे धाेका दिएकाे नेता गजुरेलले बताएका छन्। 

 देशमा संसदीय व्यवस्थाले कहिले पनि विकस र समृद्धि हुदैन त्यसैले अब जनगणतन्त्र स्थापना गरेर सबै नेपाली जनता एक ठाउँमा आउनु पर्ने बेला आएकाे नेता गजुरेलले बताएका छन्। 

उनले भने संसदीय राजनितिक दलहरूले हावादारी, बकम्फुसे कुरा गरेर देशमा विकास र समृद्धि कदापी हुँदैन विगतमा पनि जनता झुक्काउने यस्ता धेरै कामहरू गरेका छन्। त्यसैले भाषणा गरेर मत्र देशमा विकास र समृद्धि हुँदैन अब जनताले विकास गर्न  केही विकल्प खाेज्ने बेला भएकाे बताए।  

उनले भने चरम स्रोत र साधनको दुरुपयोग गर्ने ,अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चरम दलाली र राष्ट्रियता माथि गद्दारी गर्नेहरुमात्र सरकारमा जाने गरेकाे बताएका छन्।  

उनले भने ओली, प्रचण्ड,रवि,राजेन्द्र,सिके र देउवाले देशलाई निकास हैन बर्बाद तर्फ लग्दै छन्,त्यसैले अब जनताकाे रक्षा गर्न सम्पूर्ण देशभक्तहरू क्रान्तिकारीहरू एक ठाउँमा आएर याे संसदीय व्यवस्था फालेर जनताकाे अधिकार सुनिश्चित गर्न अगाडी बढ्नु पर्ने बेला आएकाे बताएका छन्।   

 स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूले अब एकपटक देशमा रहेका माफिया,दलाल र तस्करहरूलाइ ठेगान लगाउन याे संसदीय व्यवस्थाकाे विकल्प खाेज्नु पर्ने बेला आएकाे गजुरेलले बताएका छन्। 

अहिलेको संसदीय व्यवस्थाकाे एकमात्र विकल्प भनेकाे संघीय जनगणतन्त्र स्थापना गर्दै जनताको अधिकार स्थापना गर्नु रहेको नेता गजुरेलले बताएका छन्।

त्यस्तै भ्रष्टचारी,दलाली र माफियाहरूको विरुद्धमा नेकपा (क्रान्तिकारी माओवादी)ले सधै अगाडि रहने उनले अन्तर्वार्ताको क्रममा बताएका छन्।

  दलाल,तस्करहरूलाइ गाउँ-गाउँबाट खेदाैं र नेपालमा आन्दाेलनकाे वातावरण तयार गर्दै विद्राेहकाे लागि सबै युवा,विद्यार्तीहरू अगाडी बढ्ने बेला भएकाे नेता गजुरेलले बताएका छन्।