एमालेका भण्डारी र जनमतका अब्दुलको मन्त्रालय हेरफेर हुँदै

काठमाडौं । नेकपा एमालेका दामोदर भण्डारी र जनमत पार्टीका अब्दुल खानको मन्त्रालय हेरफेरको तयारी गरिएको छ । जनमत पार्टीले उद्योग वा कृषिमन्त्रालयमा अडान लिँदै दुईमध्ये एक नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।

भण्डारी हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएका खानले भने शपथ लिएपनि पदभार ग्रहण गरेका छैनन् ।

सातदलीय गठबन्धनको शीर्ष नेतृत्वमा भण्डारीलाई खानेपानी मन्त्रालयमा पठाएर अब्दुललाई उद्योग वाणिज्यको जिम्मेवारी दिइने समझदारी बनेको स्रोतले बतायो ।

सम्भवत आज साँझ नभएपनि सोमबार बिहानसम्म मन्त्रालय साटफेर हुने बताइएको छ ।