कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा जारी

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार सभापति शेरबहादुर देउवाको निवासमा जारी रहेको छ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको कांग्रेसले संसद्‍मा प्रमुख प्रतिपक्षी दलको हैसियत माग गरेको छ ।

यस विषयमा ठुलो बहस सिर्जना भएको छ । विश्वासको मत दिएसँगै कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको एक पक्षको तर्क रहेको छ।

उता शेखर कोइराला पक्षले प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको निष्कर्ष निकालेको छ ।